शनिबार, आश्विन २४, २०७७ || 539  पटक पढिएको

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६१४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!