कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति, योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । कल्याणपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ८१ करोड ८८ लाख ८७ हजार बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले प्रस्तुत गरेको हुन् ।कल्याणपुर नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा, सडक, स्वास्थ्य र कृषि रहेको यादवले बताए । शिक्षा तर्फ ६० लाख, स्वास्थ्य तर्फ ६५ लाख, कृषि तर्फ ६० लाख, पशु तर्फ ३० लाख, महिला विकास तर्फ ५ लाख विनियोजन गरेको छ ।
वडा नं.१ मा १ करोड, ४० लाख ५० हजार, वडा नं.२ मा १ करोड, ३१ लाख, वडा नं.३ मा १ करोड, ६५ लाख, वडा नं.४ मा १ करोड, ५४ लाख ८० हजार, वडा नं.५ मा ९७ लाख, वडा नं.६ मा १ करोड, ३४ लाख, वडा नं.७ मा १ करोड, ४२ लाख ५० हजार, वडा नं.८ मा १ करोड, ६५लाख ५५ हजार, वडा नं.९ मा १ करोड, ४५ लाख ९० हजार, वडा नं.१० मा १ करोड, ६९ लाख १५ हजार, वडा नं.११ मा १ करोड, ४४ लाख २४ हजार, वडा नं.१२ मा १ करोड, ३४ लाख ४५ हजार रकम विनियोजन गरेको हो ।
कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा वडा नं.४ का वडाअध्यक्ष दिलिप यादब, वडा नं.५ का वडाअध्यक्ष दिपेन्द्र बरवरीया यादव, वडाअध्यक्ष मोतिवुल राइन, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!