बलिउडकी सदाबहार अभिनेत्री रेखा आज ६६ औँ जन्मदिन मनाइरहेकी छिन् । संसारका सुन्दर अभिनेत्रीहरुमा एक रेखा प्रायः व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा रहन्छिन् ।

रेखाको जन्मदेखि नै आजसम्म केही न केही कहानी रहेको छ । उनी उनको माता पिताको विवाह नहुँदै जन्मिएकी थिइन् । साथै, जन्मपछि मोटोपनका कारण उनी निकै मजाकको पात्र बनिन् । उनले घर खर्चको लागि सानै उमेरदेखि काम गरिन् ।

यति मात्र होइन रेखाको प्रेमसम्बन्ध, विवाह र विशेषगरी उनले लगाउने सिन्दुरले निकै चर्चा पाइरहन्छ ।

रेखा सबैभन्दा पहिले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाएर ऋषि कपूर र नितुको विवाहमा गएकी थिइन् । उनले कोसँग कहिले विवाह गरिन् कसैलाई केही थाहा नै भएन । उनले जब सन् १९८० जनवरी २२ मा नितु र ऋषिको विवाहमा सिन्दुर लगाएर पुगिन् तब सबैलाई आश्चर्यमा पारिदिइन् ।

उक्त घटनाअघि रेखा र अमिताभको प्रेमसम्बन्धको बारेमा निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । धेरैले रेखा र अमिताभको सम्बन्धलाई लिएर विभिन्न अड्कल बाजी गर्ने गर्थे । उक्त विवाहमा अमिताभ र उनकी पत्नी जया पनि उनीहरुको मातापितासँग आएका थिए । जया रेखालाई देखेर निकै आश्चर्यमा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!