माेरङकाे रंगेली नगरपालिका ४ घर भएका ७२ बर्षिय बृद्घकाे काेराेना बाट मृत्युु भएको छ । बिराटनगर स्थित नाेवेल शिक्षण अस्पतामा उपचाररत वृद्धको गए राति उपचारका क्रममा मृत्यु भएको छ । बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा अस्पताल पुर्यएका थिए । वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतक बृद्घ थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या समेत रहेको बुझिएकाे छ । एक महिना अगाडि साे बृद्घ रंगेली काे आईसुलेसन बाट काेराेना लाई जितेर घर समेत फर्किएको रंगेली स्वास्थ्य शाखा ले जनाएको छ ।