शुक्रबार, माघ ०३, २०७६ || 702  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,३ माघ:सरकारले प्रतिष्ठानहरुमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुमान, नियमन र निरीक्षण गर्ने कार्यालाई कडाई गर्न थालेको छ । श्रम अडिट न्यूनतम पारिश्रमिकलगायत विषयमा गरिने अनुगमनलाई यो वर्षबाट शतप्रतिशत वृद्धि गर्ने गरी अनुगमनलाई प्राथमिकता दिएको भएपनि लक्ष्य प्राप्त गर्न चुनौती देखिएको छ ।
श्रम कानुनमा भएका प्रावधान लागू गराउन चालू आवमा ३ हजार प्रतिष्ठानमा श्रम अडिट गर्ने लक्ष्य दिएको श्रम विभाग तथा रोजगारजन्य सुरक्षा विभागका महानिर्देशक सनत केसीले जानकारी दिए । विभागले अघिल्लो आवको अन्तिम ५ महिनामा ३४६ उद्योग/प्रतिष्ठानमा श्रम अडिट गरेकोमा चालू आवमा त्यो संख्या बढाएर ३ हजार प्रतिष्ठानमा पुर्‍याउने लक्ष्य लिएको छ । यो समाचार आजको करोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!