खबर ठुलो छ

झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड-९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । हिजो साझँ ६ बजे उनलाई बिर्तामोड सैनिकमोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी सुनसरी ईटहरी-५ का २३ बर्षीय प्रविण राई खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । उनलाइ हिजो अपरान्ह ५ बजे ईटहरी स्थितमै रहेको एक खाजा घर होटलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईलाई नियन्त्रणमा लिएसंगै उनिमाथी चेकजाँच गर्दै उनको कोठा समेतमा खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै राईको साथबाट नगद १ लाख ५० हजार समेत फेला पारी बरामद गरिएको छ । विशेष सुराकका आधारमा खिएको प्रहरी टोलीले राय र राईलाइ खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर क्रमश ईलाका प्रहरी कार्यालय अनारमनी झापा र ईलाका प्रहरी कार्यालय ईटहरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया