खबर ठुलो छ

श्रीमतीलाई आत्महत्याका लागि बाध्य पारेको भन्दै परेको मुद्दामा एकजना कारागार चलान भएका छन् । बुधबार जिल्ला अदालत मुसीकोटमा भएको थुनछेक बहसपछि अदालतलका श्रेस्तेदार कृतबहादुर बोहराले गरेको आदेशमा चौरजहारी नगरपालिका–१४ का देवराज भनिने दिनेश ओलीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

आफ्नी श्रीमती करुणालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग ओलीलाई लागेको थियो । अन्तिम फैसला नभएसम्मका लागि थुनामा राखेर थप अनुसन्धान गर्ने आदेश अनुसार नै ओलीलाई पूर्पक्षका लागि कारागार पठाइएको हो ।

मंगलबार अदालतमा पेश गरिएकोमा बुधकार भएको थुनछेक बहसपछि उक्त आदेश आएको श्रेस्तेदार बोहराले जानकारी दिए । गत भदौ २४ गते करुणा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि भदौ २८ गते करुणाका दाइ भिउदे पुनले ओली विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए । आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएपछि पक्राउ परेका ओलीलाई प्रहरीले मंगलबारमात्रै अदालत पेश गरेको थियो ।

आत्महत्या दुरुत्साहन मुद्दामा पूर्पक्षमा राख्ने आदेश आएको यो पहिलो पटक भएको जिल्ला अदालतले जनाएको छ ।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया