बिहिबार, आश्विन २२, २०७७ || 698  पटक पढिएको

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीवारको मौसम भारतको बंगाल खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालसम्म आईपुगेकोले हाल देशभर आँशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार बिहीवारको मौसम प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा समेत हुन सक्ने जनाएको छ । त्यस्तै शुक्रबार पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ भने प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा समेत हुन सक्ने जनाएको छ । शानिवार प्रदेश १ र प्रदेश २ मा आंशिक बदली र बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ । दिउँसो तिर प्रदेश १ र प्रदेश २ का केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!