खबर ठुलो छ

नेपाल सरकारले बंगलादेशसँग सापटीमा लिन लागेको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महीना लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा लामो समय लाग्ने देखिएको हो ।

मल ढुवानी गर्न असोज ५ गते कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का आह्वान गरेको थियो । पाँचओटा कम्पनीले ठेक्का प्रस्ताव गरे पनि सबैभन्दा कम मूल्यमा प्रस्ताव गरेको जेन्ट्रेड एफजेडएफ नामक यूएईको कम्पनीले ठेक्का पाएको छ ।

जेन्ट्रेड कम्पनीलाई सम्झौताका लागि आउँदो शुक्रवारसम्मको समय दिइएको छ । ढिलोमा आइतवारसम्ममा सम्झौता हुन सक्ने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।

कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेश सरकारले बंगलादेशको चटगाव बन्दरगाहबाट मल नेपाल ल्याउन अनुमति दिएको छ । बंगलादेश सरकारले चटगाव बन्दरगाहमा नेपाललाई मल हस्तान्तरण गरेपछि ठेकेदार कम्पनीले ढुवानी थाल्नेछ र करीब ७० दिनभित्र सबै मल नेपाल आइपुग्ने उनले बताए ।

बंगलादेश सरकारले उक्त बन्दरगाहमा मल उपलब्ध गराएको २० दिनभित्र पहिलो लट नेपाल आइपुग्ने बताइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया