बिहिबार, आश्विन २२, २०७७ || 618  पटक पढिएको

लामो समयदेखि अन्योलमा रहेको कक्षा–१२ को स्थगित परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने भएको छ । सरकारको यो निर्णयले कक्षा–१२ को परीक्षा सञ्चालन गर्न बाटो खुले पनि परीक्षा सञ्चालनको विधि मापदण्ड लगायतको निधो हुन अझै बाँकी रहेकाले त्यसका लागि बढीमा एक साताभित्र निर्णयमा पुग्ने जानकारी शिक्षा प्रवक्ता शर्माले दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा टुङ्गो गरी विद्यालयलाई माथिल्लो कक्षामा अध्ययन गर्न बाटो खोलिदिएको छ । कक्षा–११ को परीक्षा विद्यालयले गर्न सक्ने गरी निधो गरेर सम्बद्ध विद्यालयलाई नै जिम्मा दिइएको छ ।

प्रवक्ता शर्माले कक्षा–१२ को हकमा केही नीतिगत कुराको अझै टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए। धेरै विद्यार्थी परीक्षामा सहभागी हुने हुनाले यसको निर्णय गर्न केही समय लागेको जनाइएको छ ।

कक्षा–१२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । कोरोना भाइरसको सङ्क्रमणपछि सरकारले वैशाखमा सञ्चालन हुनेगरी तय गरिएको कक्षा–१२ को परीक्षा कार्यक्रम स्थगन गरेको थियो ।

सरकारको यो निर्णयपछि सबै विश्वविद्यालयलाई आफ्नो परीक्षा सञ्चालन गर्न बाटो खुलेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!