भारतको नागल्यान्डका पूर्व राज्यपाल अश्वनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका छन् । पूर्व सीबीआई निर्देशक समेत रहेका आश्वनीकुमारको शव राजधानी शिमलास्थित निवासमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

७० वर्षीय आश्वनीकुमारको शव प्रहरीले कब्जामा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको छ । सुसाइड नोटमा उनले जीवन थकित भएपछि अर्को यात्रा तय गरेको लेखेका छन् । प्रहरीले घटनाबारे गम्भिर रुपमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

अश्वनीकुमारको जन्म सिरमौर जिल्लाको सदरमुकाम नाहनमा भएको थियो । उनी सन् २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डीजीपी) को जिम्मेवारीमा समेत रहेका थिए । त्यस्तै सन् २००८ देखि २०१० का बीचमा सीबीआईका निर्देशक समेत भएका थिए ।

उनी सीबीआईका पहिलो प्रमुख हुन्, जो पछि राज्यपाल बनेका थिए । सन् २०१३ मार्चमा उनी नागाल्याण्डका राज्यपाल नियुक्त भएका थिए । सन् २०१४ मा उनले राजीनामा दिएका थिए । त्यसपछि उनी शिमलाका एक निजी विश्वविद्यालयका भिसी भएर काम गर्दै आएका थिए । कोरोना महामारीपछिको लकडाउनमा उनी श्रीमती र छोरासँग मुम्बईमा थिए र पछि शिमला फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!