खबर ठुलो छ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो । रियासँगै दिपेश सावन्त र स्यामुएल मिरान्डलाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको भारतीय सञ्चार माध्यम इन्डिया टुडेले जनाएको छ ।

रियाका भाइ शोविक चक्रवर्तीको जमानत याचिका भने अदालतले खारेज गरिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रियालाई ससर्त जमानत प्राप्त भएको हो । उनले प्रहरीलाई पासपोर्ट बुझाउनुपर्नेछ भने मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्नेछ । सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गर्न बम्बै उच्च अदालतले आदेश दिएको हो ।

रियाका वकिल सतीश मानेशिन्देले बम्बै अदालको आदेशबाट आफूहरु खुसी भएको भन्दै तथ्य र प्रमाणको आधारमा सत्य र न्याय स्थापित भएको प्रतिक्रिया दिएका छन् । उनले रियाको पक्राउ पनि अनावश्यक भएको उल्लेख गर्दै सीबीआई, ईडी र एनसीबीले त्यसै दु:ख दिएको बताएका छन् । रिया चक्रवर्तीलाई सेप्टेम्बर ८ मा लागुऔषध नियन्त्रण ब्युरो(एनसीबी) ले सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणसँग जोडिएको लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । गत जुन १४ मा बलिउड अभिनेता राजपूत मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए । रियालाई सुशान्तलाई लागूऔषध उपलब्ध गराएको र लागूऔषध ओसारपसारमा संलग्न गिरोहको सदस्य भएको आरोप लागेको थियो ।

एजेन्सी

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया