बुधबार, आश्विन २१, २०७७ || 697  पटक पढिएको

तीन दिनअघि गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बाबुको हत्या गरी फरार छोरा पक्राउ परेका छ्न । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ गाउँका ६० वर्षीय दिलबहादुर बस्नेतलाई २८ वर्षीय छोरा अनिल बस्नेतले असोज १८ गते साझ हत्या गरेका थिए ।

फरार भएका उनलाइ वडा नम्बर १ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घरमा लुकेर बसेको अवस्थामा हिजो पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए । निजले बाहिर हिँड्ने घर नआउने भएकोले बाबुले सम्झाउने क्रममा झगडा परेको र आफुले मुक्का प्रहार गरी मारेको स्वीकार गरेको पन्तको भनाइ छ । उनका अनुसार बाबु छोरा दुवै मदिराको मातमा थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!