बिहिबार, माघ ०२, २०७६ || 1211  पटक पढिएको

हिपमत डटकम
बिराटनगर , ३ माघ गते |

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सिन्दूरे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आकस्मिक धन लाभ हुनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा नै होला, तर स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरूगर्न सकिनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

अध्ययनको क्षेत्र फलदायी रहनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । मित्र सुखपनि मिल्नेछ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

नसोचेको ठाउँबाट धनागम हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भाईको भेटघाटले मन प्रफुल्ल रहला । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग वैजनी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । सफल र माइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता सुरुका दिनमा प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ र अरू केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरे अधिक सफलता हात पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । साताको अन्त्यमा भने काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ र अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वा आकासे नीलो कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

कार्य सम्पादनमा समस्या आउला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । साताको अन्त्यमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कार्य सम्पादनमा सहजता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ८,९ र शुभरङ्ग निलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुपर्ला । सोमवारबाट आर्थिक उन्नति हुनुका साथै आय आर्जनका स्राते पनि बढ्नेछन् । श्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!