बुधबार, आश्विन २१, २०७७ || 649  पटक पढिएको

कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराईन तर औषधिसहित उनलाई २० हजार रुपियाँभन्दा बढी खर्च लाग्यो । त्यसको केही दिनपछि रक्तश्राव भयो । फेरि एक अस्पतलमा गएर उपचार गर्नुप¥यो ।

यस्तै कालीमाटीको एक निजी क्लिनिकमा गर्भपतन गराउन आएकी दुर्गा (नाम परिवर्तन)ले १० हजार रुपियाँ तिरेर गर्भपतन गराईन् । तीन हजारको औषधि मात्र लाग्यो । केही दिनपछि रक्तश्राव तथा पेट दुखेर पुनः उक्त क्लिनिकमा आउँदा उनको गर्भपतन भएकै रहेनछ । फेरि पाँच हजार तिरेर गर्भपतन गराउनुप¥यो । अविवाहित दुर्गाको विवाह पूर्व केटा साथीसँंग असुरक्षित यौन सम्पर्क भएर गर्भ रहन गएको थियो ।

सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको १८ वर्ष पुग्दा पनि महिलाहरू अझै असुरक्षित गर्भपतन गराउन बाध्य छन् र कोरोनाका कारण यो प्रवृत्ति अझै बढेको बताइन्छ तर यससम्बन्धी कतै तथ्याङ्क भने पाइँदैन । सुरक्षित गर्भपतनले २०५९ साल असोज १० गते कानुनी मान्यता पाए पनि अझै असुरक्षित गर्भपतन गराउने उत्तिकै रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!