बुधबार, आश्विन २१, २०७७ || 629  पटक पढिएको

लामो समयपछि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । ८० दिनपछि सोमवारबाट खुलेको नाका मंगलवारदेखि पुनः बन्द भएको हो ।

भन्सार कार्यालय तातोपानीका प्रमुख लालबहादुर खत्रीका अनुसार नेपालबाट चीनतर्पm सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएपछि नाकाबाट समान पठाउन चिनियाँ पक्षले आनाकानी गरेको छ ।

यसअघिका सीमाक्षेत्रका संक्रमित चार मजदूरको ‘कन्ट्याक्ट ट्रेसिङ’ र उपचार नसकिँदै मंगलवार तीन जनामा कोरोना पोजिटिभ देखिएपछि चीनले कन्टेनर नै पठाएको छैन ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले सोमवारका लागि आयात बन्द गरिएको बताइएको छ ।

सबै चालक र मजदूरको ५÷५ दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदै छ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

आइतवार बेलुकीदेखि सोमवार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनर समान भित्रिएको छ । विशेषगरी ती कन्टेनरमा लत्ता कपडा, गार्मेन्ट सामग्रीसहित केही तयारी सामग्री भित्रिएका थिए । यसअघि भन्सार कार्यालयले दैनिक १५ ओटाभन्दा बढी कन्टेनरमा सामान आउने र त्यसबापत सरदर १ करोड बराबरको राजस्व संकलन हुने अपेक्षा राखेको थियो ।

खत्रीका अनुसार यसअघि चीनले मितेरी पुल पारि स्टोर गरेर राखिदिएका सामग्री लिन चालक र मजदूर गरी २९ जना १२ ओटा कन्टेनर लिएर मितेरी पुल पुग्ने गरेका थिए ।

नाकामा पुनः अवरोध भएपछि तिब्बतको खासादेखि बीचबाटोमा करीब ८ सय कन्टेनरमा तयारी पोशाक, लत्ताकपडा, विभिन्न इलेक्ट्रोनिक समान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान र खेलौनाजस्ता सामग्री अड्किएका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!