खबर ठुलो छ

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा लैजान लागेको विरोधमा उत्रिएका रूपन्देहीका नेकपासम्बद्ध उद्योगी–व्यवसायीले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी २ हजार २ सय ४९ उद्योगी–व्यवसायीले नेकपाको सदस्यता त्यागेको घोषणा गरिएको हो ।  पार्टी त्याग्नेहरूमा नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरेलगायत छन् । प्रदेश सरकारले असोज १६ मा राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि उद्योगी–व्यवसायीहरू रूपन्देही नै राजधानी हुनुपर्ने माग राखी विरोधमा उत्रिएका थिए । उद्योगी एवं व्यावसायिक सञ्जालमा यहाँका उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यापार संघ, रूपन्देही उद्योग–व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ६० वटा संघसंस्था छन् । व्यवसायीहरूले प्रदेश सरकारका कुनै पनि कार्यक्रममा भाग नलिने र आफ्ना कुनै पनि कार्यक्रममा प्रदेश सांसदलाई नबोलाउने निर्णयसमेत गरेका छन् । संघसंस्थाहरूको सञ्जाल रूपन्देहीका अध्यक्ष यमलाल लोहनीले पार्टी त्याग्नेहरूको सूची नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई बुझाउने कार्यक्रम रहेको बताए ।

मंगलबार, आश्विन २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया