मानिसहरुले मनोकामना पुरा गर्न भगवानको पूजा प्रार्थना गर्छन् । यसको लागि मन्दिरको परिक्रमा गर्नुको साथै केही चीज भेटीस्वरुप चढाउने गर्छन् । तर मध्य प्रदेशको जालीनेर नामको एक गाउँमा रहेको एक मन्दिरमा हथकडी चढाउँछन् । यो मन्दिरमा सामान्य मानिसको साथै कैदीहरुले पनि पूजा गर्छन् ।

नीमच जिल्ला मुख्यालयबाट करीब ३० किमी टाढा रहेको यो मन्दिरको नाम खाखर देव हो । यहाँ नाग देवताको पुजा हुन्छ । मन्दिरमा हथकडी चढाउनेको परम्परा पछिल्लो ५० वर्षदेखि चलिआएको छ । यस मन्दिरमा कैदिको अलवा तस्करीबाट जोडिएका मानिसहरु पनि पुजाको लािग आउने गर्छन् । यस मन्दिरमा अध्यारोमा मात्र पुजा हुन्छ ।

मन्दिरमा कैदी आफ्नो जमानत र रिहाइलाई लिएर आर्शिवाद माग्न आउँछन् । जुन कैदीको मनकामना पुरा हुन्छ वा जेलबाट छुटेपछि त्यस मन्दिरमा गएर सबैभन्दा पहिला हथकडी चढाउने गर्छन् । स्थानीय मानिसहरुको अनुसार मन्दिरमा अपराधी जेलबाट भाग्न चाहेमा वा फेरी जमानतमा छुट्न चाहेमा वा चोरी गरेको लुकाउन पनि प्राथना गर्ने गर्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!