नेप्सेमा आज सप्ताहको दोस्रो दिन सोमवारको बजार शुरुवात १५९५ को गतीमा उकालो चढेर दिउँसो १२ बजे पश्चात ३.६३ अंक घटेर १५८२ मा बन्द भएको छ ।

बजारको शुरुवात १५९५ को गतीमा उकालो चढेका थिए भने दिउँसो १२ बजे १५८० मा झरेका थिए । केहि बेर पश्चात पुनः बजार १५८९ को तेजीले माथी चढ्न थाले तर त्यहाँ धेरै बेर टिक्न सकेनन् । दिउँसो करिब १ बजे देखि ओरालो लागेको बजार अन्ततः १५८२ मा बन्द भएको छ ।

१९३ कम्पनी सहभागि भएको आजको बजारमा २५७ करोडको टर्न अभर भएको छ । लगानीकर्ताहरुको आँखा शुरु देखि नै घटेको हाइड्रो पावर क्षेत्रमा केन्द्रित रहेकोले आज हाइड्रो पावर क्षेत्रमा ठुलै मात्रामा खरिद विक्रि भएका छन् । बैंकिङ्ग क्षेत्रमा रेन्ज बाउण्ड कम देखिएको छ । त्यस्तै इन्सोरेन्स क्षेत्रमा एन आर आइ सी बाहेक अरु शेयरहरुको कारोबार न्यून रहेको छ ।

आजको कारोबारमा बैंकिङ्ग, टेडिङ्ग, फाइनेन्स, ननलाइफ इन्सोरेन्स, माइक्रोफाइनेन्स, लाइफ इन्सोरेन्सहरुमा गिरवट देखिएको छ भने होटल, डिभलोपमेन्ट बैंक, हाइड्रो पावर, मिच्वल फण्ड तथा अन्य कम्पनीमा बढोत्तरी भएको देखिन्छ ।

हिजोको तुल्नामा आजको बजार कारोबार घटेपनि अहिले बुल स्ट्रंग भइ रहेको जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!