एक जना न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बसेका छन् । सोमबार दुई जना न्यायाधीश मात्रै सर्वोच्च अदालत गएका छन् । ती दुई न्यायाधीश सम्मिलित एकल र संयुक्त इजलासले मात्रै मुद्दाको सुनुवाइ गर्नेछ । सर्वोच्च अदालतमा हाल १९ न्यायाधीश छन् । तीमध्ये एक जनालाई संक्रमण देखिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा बाहेकका १६ न्यायाधीश क्वारेन्टाइनमा छन् । एकजना न्यायाधीश भने संक्रमणका कारण आइसोलेसनमा छन् । उनीहरु केही दिन होम क्वारेन्टाइनमा रहने र त्यसपछि स्वाब परीक्षण गर्ने तयारी छ । संक्रमण देखिएका न्यायाधी सहित अरु अधिकांश न्यायाधीश केही दिनअघि सर्वोच्च अदालतभित्रै सामूहिक बैठकमा थिए । सर्वोच्च अदालतले आइतबार सूचना जारी गरी एक न्यायाधीश र केही कर्मचारीमा संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!