सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गर्नुपर्ने जानकारी दिए । शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको उनले बताए ।
उनका अनुसार कार्यालयका ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ । असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको थियो । त्यस्तै, एक जना प्रशासकीय अधिकृतमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २४ गतेसम्म अतिअवाश्यक बाहेकका सेवा बन्द गरिएको छ । अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले हात धोएर वा स्यानिटाइजार प्रयोग गरी सेवा लिन प्रजिअ कणेल आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!