नेप्सेमा आज सप्ताहको शुरुवात आशा अनुरुप बढेको छ । आजको बजार १५ अंकले बढेर १५८५ मा बन्द भएको छ । गत सप्ताह विभिन्न उतार चढाबका बीच लागातार ओरालो तिर झर्दै गरेको नेप्स सप्ताहको अन्तिम दिन विहिवार २० अंकले उकालो चढेर १५७१ म बन्द भएको थियो भने आज सप्ताहको शुरुवात १५ अंकले बढेर १५८५ मा बन्द भएको छ ।

आज ३१७ करोड़को टर्नअभर भएको बजारमा सहभागिता पनि बढेको छ । १९५ कम्पनीको सहभागिता भएको आजको बजारमा १०७१३३१२ को टे«ड शेयर भएको छ । आजको बजारमा हाइड्रो पावर क्षेत्रमा प्रोफिट बुकिङ्ग देखिएको छ भन्ने बैंकिङ्गमा राम्रो खरिद बिक्रि भएको छ । त्यस्तै मेनिफेक्चरिङ्ग इन्डेक्समा पनि राम्रो बृद्धि देखिएको छ ।

सप्ताको शुरुवातमा १५६० को स्पीड देखिए पनि दिउँसो करिब ११ः३० मा १५८० मा तल झरेर फेरी उकालो चढेको देखिन्छ । आज शेयर बढने आशंका गरिए पनि तल झार्दा केहि बेर बजारमा गत सप्ताह झैं पुनः उतार चढाब हुने वातावरण देखिएको थियो तर त्यो अवस्था धेरै बेर टिक्न सकेन । केहि बेरमै फेरी उकालो चढ्न शुरु गरेको बजार १५८५ मा बन्द भएको छ ।

हाइड्रो पावर क्षेत्रमा १.१८ प्रतिशत गिरावटा तथा मिच्वल फण्डमा ३.२१ प्रतिशतले गिरावट भएपनि अन्य क्षेत्रमा बृद्धि नै भएको देखिन्छ । बजारमा आजको कारोबारलाई हेर्दा नेप्से छिटै नै १६०० मा जाने प्रायः निश्चित जस्तो देखिएको विश्लेषकहरुले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!