खबर ठुलो छ

तास खेलिरहेको अवस्थामा मनिष खतिवडा सहित ६ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका संगीता श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा कीर्तिपुर नगरपालिका मच्छेगाउँका मनिष खतिवडा सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

संगीताको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै धनगढी राजपुरस्थित महाकाली फर्निचर उद्योगमा तास खलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढीका दिवाकर पाण्डेय, पुष्कर दत्त पन्त, नरेश बोहरा, खिरुराम राना, धिरज साउद, राम बहादुर साउद र कृष्णानन्द गिरी रहेका छन् । उक्त उद्योगमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६१ हजार ३ सय ३० रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

आइतबार, आश्विन १८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया