आइतबार, आश्विन १८, २०७७ || 675  पटक पढिएको

चिनियाँ दूतावास घेराउन गर्न गएका ३४ जना युवालाई प्रहरीले पक्रेको छ । सिजर भट्टको नेतृत्वमा युवाहरुले बालुवाटार स्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

हुम्लाको लिमिभ्यालीमा चीनले सिमाना मिचेको विरुद्धमा प्रदर्शन गर्दा आफूसहित ३४ जना भन्दा बढीलाई प्रहरीले पक्रेको भट्टले रातोपाटीलाई बताए ।
प्रदर्शनमा सहभागी धेरैजसो नेविसंघमा आवद्ध युवाहरु छन् । ‘स्वतन्त्र नेपाली’को व्यानरमा प्रदर्शन गरेका उनीहरुले चीनको केरुङ नाका तत्काल सुचार गर्न पनि माग गरेका छन् ।

लिमिभ्यालीमा चिनले नेपालतर्फ भवन बनाएको आरोप लगाउँदै उनीहरुले सो भूमि फिर्ता गर्न माग गरेका छन् ।

साभार :- रातोपाटी

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!