बिहिबार, माघ ०२, २०७६ || 1379  पटक पढिएको

हिपमत डटकम काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पछिल्लो समय एकताको वातावरण बन्दै गएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग सभापति शेरबहादुर देउवाले सहमतिको लागि अथक प्रयास गरेका थिए । उनको प्रयासस्वरुप दुवै समूह एक ठाउँमा उभिन राजी भएका हुन् । पार्टीको १४औं महाधिवेशनसम्म पार्टीभित्र कुनै विवाद राख्न नहुने निश्कर्षमा शीर्ष नेताहरु पुगेको देउवानिकट उच्च स्रोतले जनाएको छ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो समय लिएका निर्णयलाई लिएर बरिष्ठ नेता पौडेल समूहका नेताहरु रुष्ट बनेका थिए । उनीहरुले पार्टीका कुनैपनि बैठकहरुमा सहभागी नजाउने भन्दै बहिष्कारको चेतावनी दिएका थिए ।तर, पार्टीभित्रबाट यस्तो बेलामा झगडा गर्न नहुने भन्दै शीर्ष नेताहरुलाई मिलेर अघि बढ्न दबाब आएपछि सभापति देउवाले असन्तुष्ट नेताहरुसँग व्यक्तिगत र सामूहिक भेटवार्तालाई तिव्रता दिएका हुन् । हालैमात्रै उनले आफ्नो निवासमा बोलाएर पौडेल समूहका नेताहरुसँग ‘लञ्च–मिटिङ’ गरेका थिए ।कांग्रेसमा तेस्रो समूहको नेतृत्व गरिरहेका कृष्ण प्रसाद सिटौलासँगपनि सभापति देउवाले छुट्टै छलफल गरेका छन् । देउवा–सिटौलाबीचको छलफलपनि सहमतिउन्मुख रहेको छ । स्रोतकाअनुसार कांग्रेस शीर्ष नेताहरुबीचको आन्तरिक द्वन्द्वको खतरा भने तत्काललाई टरेको छ । आगामी महाधिवेशनसम्म कुनै विवाद र कलह नगर्ने उनीहरुबीच सहमति बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!