शनिबार, आश्विन १७, २०७७ || 722  पटक पढिएको

टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् ।

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो स्टाइलिश र स्टनिङ फोटो सेयर गर्छिन् ।
भर्खरै हिनाले कालो पहिरनमा सजिएर फोटोसुट गराएकी छिन् यी फोटोहरु उनले आफ्नो इन्स्टाग्राममार्फत सेयर गरेकी हुन् । यस फोटोमा उनले ब्ल्याक गोल्डेन मेटालिक आउटफिट लगाएको देखिन्छ । फोटोमा आफ्नो आकर्षक पहिरनसँगै उनले निकै राम्रो एक्सप्रेसन पनि दिएकी छिन् । हिना खानको मेकअप सचिन सालवीले गरेका हुन् । हिनाको फेसमा फाउन्डेशनको पर्फेक्ट बस बनाइएको छ । गोल्डेन र कपर कलरको आइस्याडो लगाइएको छ ।

ब्ल्याक लाइनर र मस्कारा लगाएर उनको आई मेकअप पूरा गरिएको छ । हिना खानले लाइट ब्राउन ब्लशर र हाइलाईट लगाएकी छिन् । त्यस्तै उनले मरुन कलरको लिपिस्टिक लगाएकी छिन् । यो लुक निकै राम्रो देखिएको छ । हिना खान आफ्नो लुक र फेसन सेन्समार्फत लाखौं युवतीहरुलाई प्रेरित गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!