कुनै अप्रत्याशित अवरोध नभए प्रदेश ५ को राजधानी दाङ हुने भएको छ । प्रदेश ५ को प्रदेशसभामा राजधानी दाङलाई बनाउने सहमति भएपछि विरोध र समर्थनका स्वरहरु सुनिएका छन् ।

प्रदेश ५ को दाङ र बुटवलमध्ये एक राजधानी हुने निश्चित नै थियो । तर, नेताहरुबीच लामो रस्साकस्सीपछि दाङको सम्भावना देखिन पुग्यो ।

दाङ राजधानी प्रस्ताव हुनुमा मुख्यमन्त्री शंकर पोखरेल पनि मुख्य कारण हुन् । पोखरेलको गृहजिल्ला दाङ हो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल निकै बलिया भइसकेका छन् । उनैले अहिले यस्तो प्रस्ताव अगाडि बढाउन लगाएका हुन् ।

तर, रुपन्देहीबाट पनि कम शक्तिशाली नेताहरु छैनन् । बुटवल राजधानी बनाउन नेकपा महासचिव विष्णु पौडेल सक्रिय रहँदै आएका थिए । घनश्याम भुषाल पनि त्यतैका हुन् । नेपाली काँग्रेसका शक्तिशाली मध्येका बालकृष्ण खाँणको गृहजिल्ला पनि रुपन्देही हो । उनीहरु बुटवल राजधानी बनाउन चाहन्थे । तर, शंकरले यसपटक बाजी मार्ने भएका छन् ।

विष्णु पौडेल यस मामलामा कमजोर देखिएका छन् । बुटवल केन्द्र रहेको रुपन्देहीमा शक्तिशाली नेताहरु रहनुको बाबजुद दाङकै पल्लाभारी भएको छ । यसको विरोध पनि हुनथालेको छ । तर, शंकरले विष्णु, घनश्याम, बालकृष्णलगायत सबैको बुटवल राजधानी बनाउने चाहनालाई असफल हुन नदिने देखिइसकेको छ । बाजी शंकरले मार्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!