सिरहाको गोलबजारमा आज बाट दुई दिने मिडियाकर्मीको लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । न्यायमा पहुँच अभिबृद्दि गर्न कानुनी जागरुकता मुलक गतिविधि कार्यक्रम अन्तर्गत सिरहा जिल्लाका पत्रकारहरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । दलित समाज उत्थान समिती महोत्तरी , सिपिसिएल धनुषा र एमएसवाईएन रैतहटको संयुक्त आयोजनामा गोलबजारको उधोग ब्यापार संघको परिसरमा कार्यक्रम भैरहेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको बिशिस्ट आतिथ्यमा तालिमको उदघाटन भएको आयोजक संस्था मध्येका एक जना अध्यक्ष पुनित कुमार चौधरीले जानकारी दिनुभयो । न्यायमा पहुँच नपुगेका लक्षितवर्ग समुदायको आवाजलाई पत्रकारको कलमले न्यायमा पहुँचका लागि लेखन कार्यमा सहयोग पुग्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
नेपालको संविधान २०७२ मा उल्लेख भएको मौलिक हकको व्यवस्था बरेमा आज विशेष छलफल भैरहेको परियोजना कार्यक्रम संयोजक दिपेन्द्र मण्डलले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण अधिवक्ता कुमार प्रसाद थपलिया गरिरहेको छ । युएनडिपि एद्दजे को आर्थिक सहयोगमा भैरहेको अभिमुखिकरणमा सिरहाका १८ जना पत्रकारको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!