दसैँको नयाँ आशीर्वाद : युवराज खतिवडा भएस् !

खतिवडा राजदूतका लागि सिफारिस भएपछि व्यङ्ग्यले रङ्गियो सामाजिक सञ्जाल

शुक्रबार, आश्विन १६, २०७७ || 466  पटक पढिएको

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूत पदका लागि सिफारिस गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । योसँगै सातौँ राजनीतिक नियुक्ति पाएका खतिवडाको आलोचना र व्यङ्ग्य गर्दै सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र खतिवडाले सत्ताको चाकरी कै भरमा एकपछि अर्को नियुक्ति पाएको भन्दै आलोचना गरिएको छ ।

डा. युवराज खतिवडा नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी हुन् । नेपाल राष्ट्र बैङ्कका अधिकृतको रुपमा २०३९ सालमा सरकारी सेवामा प्रवेश गरेका खतिवडा राष्ट्र बैङ्कबाट २०५७ सालमा बाहिरिएका थिए । राष्ट्र बैङ्कका कर्मचारीको हैसियतले पाएका नियुक्तिबाहेक पनि उनले पटकपटक नियुक्ति पाएका छन् । पछिल्लो पटक अमेरिकी राजदूतका रुपमा सिफारिस उनको यो सातौं राजनीतिक नियुक्ति हो ।

राष्ट्र बैङ्क छाडेको एक वर्षपछि २०५८ सालमा खतिवडा राष्ट्रिय योजना आयोगका सदस्यको रुपमा नियुक्त भएका थिए । त्यतिबेला देशमा राजाको प्रत्यक्ष शासनकाल थियो । २०६१ सालमा राष्ट्रिय योजना आयोगबाट बाहिरिएपछि केही समय उनले युएनडीपीमा अर्थविद्को रुपमा काम गरे । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नियुक्ति पाएका थिए । त्यहाँ उनले ९ महिना बिताए ।

२०६६ चैत ९ गते राष्ट्र बैङ्कको गभर्नर रुपमा उनले तेस्रो पटक राजनीतिक नियुक्ति पाए । गभर्नरका रुपमा उनले ५ वर्ष बिताए । खतिवडालाई २०७२ सालमा केपी ओली नेतृत्वकै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त ग-यो । यो उनको चौथो राजनीतिक नियुक्ति थियो । त्यसपछि ओलीसँग निकट भएर काम गरेका गर्दै उनले २०७४ सालको आम चुनावमा वाम गठबन्धन विजयी भएपछि फेरि ओलीकै आशिर्वादमा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।

गत फागुनमा अर्थमन्त्रीको रुपमा पुनः नियुक्ति, त्यसपछि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्ति र अहिले अमेरिकाको राजदूतको रुपमा सिफारिस भएका उनी राजनीतिक नियुक्तिको सातौं खुड्किलोमा पुगेका छन् ।

सामाजिक सञ्जालमा डा. खतिवडाको सिफारिसलाई कुलमान घिसिङले विद्युत प्राधिकरणमा पुनः नियुक्ति नपाएको विषयसँग जोडिएको छ भने अब अमेरिकाको राजदूत भएर फर्किएपछि उनलाई नेपाली क्रिकेट टोलीको कप्तान र पशुपतिनाथ मन्दिरको मूल भट्ट नियुक्त गर्न माग गर्दै व्यङ्ग्यसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!