शुक्रबार, आश्विन १६, २०७७ || 449  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकमा बेरोजगारीको समस्या बढ्ने खतरा रहेको भन्दै यसलाई परास्त गर्न सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।

शुक्रबार पार्टी निकट मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कोभिडका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकलाई मुक्त गर्न र प्रभावितहरुलाई रोजगारी सिर्जना गर्ने चुनौति र अवसर दुवै सिर्जना भएको भन्दै सामूहिक प्रयत्नमार्फत अघि बढ्न आवश्यक रहेको बताए । त्यसका लागि उनले सबैै राजनीतिक दल, सामाजिक संघ–संस्था, सरकार र नागरिहरुबीच राष्ट्रिय एकता हुन आवश्यक रहेको प्रचण्डको भनाई छ ।

‘सबैको सामूहिक प्रयत्नले मात्रै कोभिड १९ लाई परास्त गर्न सकिनेछ । सरकारले यसको नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेको छ । विभिन्न मुलुकहरु यसको भ्याक्सिन पत्ता लगाउने प्रयासमा पनि लागेका छन् । मलाई विश्वास छ छिट्टै भ्याक्सिन पत्ता लाग्नेछ र हामी यस महामारीसँग विजय हासिल गर्न सक्नेछौ’ प्रचण्डको भनाई छ ।

उनले कोरोनाका कारण नेपालमा महिलामाथि विभिन्न किसिमका विभेदका घट्नाहरु बढेका खबरप्रति आफुलाई चिन्ता लागेको र सरकारलाई यससँग सम्बन्धि कानुनहरु बनाएर अझ कठोर भएर नियन्त्रणतर्फ लाग्न सुझाव समेत दिए । प्रचण्डले दण्डहिनताको अन्त्य गरेपछि मात्रै मानवअधिकारको प्रत्याभूत हुने भएकाले आफ्नो पार्टी र सरकार त्यसतर्फ सजग रहेको धराणा राखे । उनले पार्टी पार्टी एकता तीव्र ढंगले अघि नबढेपनि क्रमश पूर्णता दिने प्रकृयामा गइरहेको बताए ।

प्रचण्डले विगतमा मानवअधिकारको इस्यु गैरकम्युनिस्टको मात्रै भनेर प्रचार गरिएपनि यर्थाथतामा कम्युनिस्टहरु नै मानवअधिकारप्रति प्रतिबद्ध हुन्छन् भन्ने कुरा अन्तर्राष्ट्यि र राष्टिय घटनाक्रमहरुले पुष्टि हुँदै गएको बताए । कार्यक्रममा नवगठित केन्द्रीय समितिका सदस्यहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ ग्रहण गराएका थिए । मानवअधिकारसँग सम्बन्धित तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र निकट दुई संगठनबीच एकता गरेर मानवअधिकार तथा सामाजिक अभियान नेपाल बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!