शुक्रबार, आश्विन १६, २०७७ || 833  पटक पढिएको

नेपाली कलाकार सुवास थापा अंग्रेजी फिल्ममा पनि देखिने भएका छन् । हाल अमेरिकामा रहेका थापाले त्यहाँको एक अंग्रेजी फिल्ममा समेत अभिनय गर्न सफल भएका हुन् । फिल्ममा कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको छ ।

‘हाउ टु किप योर म्यान ह्याप्पी’ नामक फिल्म अभिनय उनले हालै सकाएका छन् । फिल्ममा उनको व्यवसायीको भूमिका रहेको छ । ‘ब्रेकफेल’, ‘तोरी लाहुरे’, ‘सरि ल’, ‘तथास्तु’, ‘को आफ्नो’, ‘बिर्खेलाई चिन्छस्’ लगायत करिब दर्जनको हारहारी नेपाली फिल्म अभिनय गरेका थापा थियटरका पनि राम्रो कलाकार मानिन्थे ।

करिब ६ वर्ष अगाडि फिल्म ‘बिर्खेलाई चिन्छस्’ निर्माण अभिनय गरेका थापा त्यसपछि अमेरिका तिर लागेका थिए । फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा ‘बिर्खे’ नामक चरित्र निर्वाह गरेपछि थापाले कलाकारिता क्षेत्रमा ‘बिर्खे’ उपनाम पाएका थिए । थापाको अभिनय गरेको अमेरिकन फिल्म एक पुस्तकमा आधारित रहेर निर्माण भएको हो । जुन पुस्तक निर्देशक आफैले लेखेका थिए ।

नेटफ्लिक्स प्लेटर्फमा रिलिज हुने फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’ श्रीमतीले छाडेर गएपछिको एक परिवारमा बाँकी रहेका बाबु छोरोको कथामा बनेको हो । फिल्ममा थापाको जोडी अभिनेत्री प्रियाना मोर्गन बनेकी छन् । नेपाली रंगमञ्च हँुदै फिल्म अभिनयमा प्रवेश गरेका थापा पछिल्लो समय अहिले अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा बसेर कलाकर्मलाई अगाडि बढाइरहेका छन् ।

अमेरिकामा उनले करिब एक दजर्न म्युजिक भिडियो, केही लघुनाटक र आधा दर्जन बढि छोटो फिल्म अभिनय गरिसकेका छन् । नेपालभन्दा अमेरिकामा कलाकारिता गर्न सजिलो रहेको थापाले बताए । ‘अमेरिकामा ब्यवसायिकता र ब्यवस्थित हुने भएकोले मलाई नेपालभन्दा सजिलो यहाँको कलाकारिता लाग्यो’ थापाले भने ।

अमेरिका पुगेपछि पनि थापामा नेपाली फिल्म निर्माण र अभिनय इच्छा भने मेरेको छैन । सन् २०२२ को सुरुवातमा नेपाल फर्कने र फिल्म निर्माण गर्ने आफ्नो सोच रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!