खबर ठुलो छ

अमेरिकी राष्ट्रपति ट्रम्पका कारण शुक्रबार फेरि दुनियाँभरि तरंग आएको छ। यसपालि उनले बोलेको कुरा वा गरेको कामले संसार तरंगित भएको होइन्। गत वर्षदेखि संसारलाई सताइरहेको कोरोनाभाइरस आफू र पत्नी मेलानिया ट्रम्पलाई पनि भएको ट्रम्पको ट्वीटसँगै संसारभरि विभिन्न क्षेत्रमा हलचल आएको हो।

उसो त कोरोनाभाइरसको संक्रमण हुने ट्रम्प पहिलो राष्ट्र वा सरकार प्रमुख होइनन्। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण भएको थियो।

बेलायती प्रधानमन्त्री जोन्सनको अवस्था त यति जटिल बनेको थियो कि उनलाई केही घन्टासम्म आइसियुमा राखिएको थियो। भेन्टिलेटर प्रयोग गर्नु परेको थियो। भर्खर ५५ वर्ष पुगेका जोन्सनभन्दा ट्रम्पको उमेर धेरै बढी छ। उनी अहिले ७४ वर्ष पुगेका छन्। बुढ्यौली उमेरका कारणले पनि ट्रम्पमाथि कोरोनाभाइरसले कस्तो असर गर्छ? उनले यसलाई सहजै परास्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमात्र होइन संसारका धेरै कुरालाई अनिश्चित बनाएको छ।

ट्रम्पले आफूलाई कोरोना भएको ट्वीट गरेसँगै एसिया र युरोपका सेयर मार्केटमा रातो बत्ती बलेको छ। एफटिएसई १००, फ्रान्सको सिएसी ४०, जर्मनीको एक्सइटिआरए डिएएक्स, स्पेनको आइबिइएक्स १ प्रतिशतभन्दा बढीले घटेका छन्। जापान, अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड र सांघाईका सेयरमा पनि गिरावट आएको छ।

तेलको भाउ ओह्रालो लागेको छ। गार्डियनका अनुसार ३.२ प्रतिशत घटेर प्रति ब्यारेल ३९.४८ डलर पुगेको छ। मानिसहरूले जोखिम कम हुने सुनतिर लगानी गरेका छन्। सुनको भाउ बढ्न थालेको छ। राजनीतिक रूपमा राष्ट्रपतिको चुनाव आउनु एक महिनाअघिमात्रै ट्रम्प बिरामी परेपछि अब उनको चुनावी अभियान कसरी अघि बढ्छ भन्ने अनिश्चितता बढेको छ।

ट्रम्पको संक्रमणले चुनावलाई कस्तो असर पार्ला भन्ने चासो बढेको छ। संसारभरिका नेताहरूले सामाजिक सञ्जालमा ट्रम्पको शीघ्र स्वास्थ्यको कामना गरेका छन्। अमेरिकामै कतिपयले भने सुरूदेखि नै ट्रम्पले कोरोनाभाइरसलाई खेलाँचीको रूपमा लिएको भन्दै आफूलाई पनि जोगाउन नसक्ने ट्रम्पले कसरी देशलाई जोगाउँछन् भन्दै प्रश्न गरेका छन्। कोरोनाको संक्रमण भएपछि ट्रम्पको स्वास्थ्य सामान्य रहेको ह्वाइटहाउसले जनाएको छ। उनी ह्वाइट हाउसमै चिकित्सकको निगरानीमा क्वारेन्टिनमा बस्ने बताइएको छ। एजेन्सी

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया