खबर ठुलो छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि त्यो क्रममा ब्रेक लागेको थियो ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड अपवादबाहेक सबै मन्त्रीलाई हटाउने र दोहोर्याउन परे हटाएर मात्र पुनः नियुक्ति दिनुपर्ने पक्षमा छन् । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

ति दुवै बैठकले अध्यक्षद्वयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुुंगो लगाएको थियो । त्यसपछि मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्डले अडान नछोड्दा पुनर्गठनमा ढिलाई हुदै आएको छ । शुक्रबारको भेटमा अध्यक्ष प्रचण्डले पार्टीसँग छलफल नै नगरी राजदूत नियुक्तिको सिफारिस गरेकोबारे ओलीसँग प्रश्न गर्ने एक सचिवालय सदस्यले जानकारी दिए ।

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया