शुक्रबार, आश्विन १६, २०७७ || 496  पटक पढिएको

सरकारले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । देश अहिले कोरोनाविरुद्धको लडाईंमा रहेको भन्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका हुन् ।

‘असामान्य अवस्थामा अनसन बेला सुहाउँदो होइन कि ?’ आज मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अहिले कोरोनाविरुद्ध लडौं, केही विषय भए पछि छलफल गर्न सकिन्छ ।’ देश असामान्य अवस्थामा रहादा अनसन गर्न उपयुक्त बेला नभएको समेत बताए ।

डा. केसीसँग भएका सम्झौता अनुसार सरकारले धमाधम काम गरिरहेको भन्दै कोरोनाविरुद्ध लडाईंमा साथ दिन आग्रह गरे । उनले जायज माग पूरा गर्ने र कार्यान्वयनमा समेत जान सरकार सधै जिम्मेवार बन्दै आएको दाबी गरे ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा. गोविन्द केसी १९ औं पटकको अनसनमा छन् । कर्णालीमा पुगेर अनसन बसेका उनलाई काठमाडौं ल्याइएको थियो । डा. केसीको असनको आज १८ औं दिन हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!