बिहिबार, आश्विन १५, २०७७ || 473  पटक पढिएको

अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विपद्का ंसमयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने देखिएकाले उनीहरुलाई प्रसूति सेवाका लागि नजीकैको स्वास्थ्य संस्था वा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको हो । आगामी डिसेम्बरसम्म उपलब्ध हुने सो सेवाका लागि रेडक्रसले मापदण्डसमेत निर्धारण गरेको रेडक्रस शाखाका सभापति डिबी घर्तीले बताए ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!