बिहिबार, आश्विन १५, २०७७ || 844  पटक पढिएको

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद‍‍्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र विस्तारबारे छलफल हुने बुझिएको छ । केही मन्त्रालय टुक्र्याएर थप मन्त्रालय बनाउने तथा मन्त्रीहरुको हेरफेर गर्नेबारे नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राउने र मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल हुँदै आएको छ । कात्तिक २२ गते कार्यकाल सकिन लागेका मुख्यसचिव लोकदर्शन रेग्मीले आजै राजीनामा बुझाएका छन् । सरकारले आज नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!