बुधबार, आश्विन १४, २०७७ || 935  पटक पढिएको

बली दिन भारततर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्दार गरिएको छ ।सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको हो ।

 

कार्कीका अनुसार नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट उनीहरुको उद्दार गरेको हो । शंका लागि सोधखोज गर्ने क्रममा किशोरीसंगै रहेका २ पुरुषलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रवक्ता कार्कीका अनुसार उद्दार गरिएकामा १९ वर्षीया किशोरीसँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् । प्रहरीले किशोरीसँगै रहेका २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरी नियन्त्रणमा रहेका एक पुरुषले भने प्रहरी समक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सहमति अनुरुप आफू उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

यद्यपि सो विषयमा समेत अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार उद्दार गरिएका युवतीहरुले आफुहरुलाई सिमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाकालागि भनेर ल्याइएको प्रहरी समक्ष बताएका छन् ।

उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो ।

प्रहरीलाई उनीहरुले दिएको जानकारी अनुसार सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजामा ध्यानमा बसे वापत १,२ लाख रकम दिने भनिएको थियो । किशोरीहरुलाई पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनीहरुलाई बलीका लागि लगिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई आर्थिक प्रलोभन देखाई पूजाका लागि भनी भारत तर्फ लैजादै गरिएको देखिन आएको छ । प्रवक्ता कार्कीका अनुसार चौधरी थर भएका युवतीहरु निकै सोझा छन् । नियन्त्रणमा रहेका पुरुष र उनीहरुको संलग्नतासहित घटनाको विषयमा थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले किशोरीसँगै रहेका सप्तरीका साहिल मन्सुरी र सिरहाका जीवन साहलाई अनुसन्धानकालागि नियन्त्रणमा राखेको राखेको जनाएको छ ।

स्रोत -न्युज २४

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!