विश्वमै सबै भन्दा पहिले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भ्याक्सिनको विकास गरेको दाबी गर्दै आएको रसियाले कोभिड-१९ विरुद्धको दुई करोड पचास लाख डोज भ्याक्सिन नेपाललाई दिने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार उक्त ‘स्पुतनिक-५’ नामक भ्याक्सिन नेपाल पठाउन सम्झौता भइसकेको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच साढे २ करोड डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको रोयटर्सले जनाएको हो ।

त्यस्तै, फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने जनाएका छन् ।

भ्याक्सिन नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप र सीआईएसका ५० भन्दा बढी देशहरुलेसमेत माग गरेका दाबी गरिएको छ ।

त्यस्तै, यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन डोज, भारतसँग १०० मिलियन डोज र उज्बेकिस्तानसँग ३५ मिलियन डोज भ्याक्सिनको लागि सम्झौता गरिसकेको बताइएको छ ।

रुसमा ११ अगस्टमा विकास भएको यस खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोरोनाविरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!