मंगलबार, आश्विन १३, २०७७ || 2361  पटक पढिएको

युवराज दीपेन्द्र शाह लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे । उनी बहुप्रतिभाशाली थिए । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल बक्सिङ थियो । आफै बक्सिङ पनि खेल्थे । जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने धो’कोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् ।

उनमा केही खराब लत पनि थियो र बेला बेलामा विशेषगरी गाँ’जा र कहिलेकाहीं च’रे’श से’वन गर्थे । दरबार ह’त्याका’ण्डमा पनि उनले का’लो प’द्धा’र्थ से’वन गरेको भनिएको छ । त्यो का’लो प’द्धा’र्थबारे स्पष्ट नभएपनि च’रे’श’को शं’का गरिएको छ । दरबार ह’त्याकाण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो । राजदरबार ह’त्याका’ण्ड छानविन आयोगका अनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको ह’त्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयोगले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनीलगायतको ह’त्या गरी आफूले आफ्नै टाउकोमा गो’ली हा’नी आ’त्मह’त्या गरेको जनाएको थियो ।

सरकारले गठन गरेको आयोगको आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आमसं’हा’र गरेका थिए । किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रू’स्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्याउने । देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् ।

राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे । ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शाषन चलाएका थिए । जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ ।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको ह’त्या गरिदिएका हुन् । उसबखत उनले धेरै मा’दकप’दार्थ पिएका थिए । मृ’तकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए ।

भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टा’उकोमा पे’स्तोल प’ड्का’ए । दिपेन्द्रले तीन दिनसम्म कोमामा मृ’त्युसँग स’ङ्घर्ष गरे । यसै बेला अस्पतालको शै’यामै उनलाई राजा घोषित गरिएको थियो । उनको जुन ४ मा मृ’त्यु भयो । लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए ।

हेर्नुहेास् भिडियाेः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!