कोरो ना भाइ रसको सं क्रम ण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।किनकि साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई भाइ रसरहित बनाउन सकिने सल्लाह चिकित्सकले दिइरहेका छन्।
अहिले हरेकजसो व्यक्तिले सेनिटाइजर प्रयोग गर्ने गरेका छन्। यसैको मौका छोपेर बजारमा अनेक थरीका सेनिटाइजर बिक्रीका लागि राखिएका छन्।
तर फाइदाका लागि सेनिटाइजर उत्पादक कम्पनीले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेकाे पाइएको छ।औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्मकाे अनुगमनले बजारमा पाइने ९ किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्ने विषा क्त पदार्थ मिसाइएको पत्ता लागेको हाे।
ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई ग म्भीर असर पुर्याउने वि षाक्त रसा यन मिसाइएकाे पाइएको विभागले जनाएकाे छ। साेमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्री/वितरण नगर्न/नगराउन निर्देशन दिएको छ।
हेर्नुहोस्, प्रयोग गर्न नहुने ९ सेनिटाइजरको सूची :