सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले बलिउडमा लागूऔषधको प्रयोग र कारोबारको विषय खुलिरहँदा नाम चलेका नायक नायिकाहरुमाथि छानविन बढेको छ । भारतको लागूऔषध नियन्त्रण ब्युरोले केही नायिकाहरुको फोन नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका लागि भन्दै दिपिका पादुंकण, सारा अलि खान र श्रद्धा कपुरको फोन नियन्त्रणमा लिइएको हिन्दुस्तान टाइम्सले ब्युरोको अधिकारीलई उदृत गर्दै खबर प्रकाशित गरेको छ । तीनैजना नायिकाहरुमाथि ब्युरोले शनिबार बलिउड लागूऔषध नेक्ससबारे सोधपुछ गरेको थियो ।

यसैगरी राकुल प्रित सिंह, सिमोन खम्बाटा र जया शाहको पनि फोन ब्युरोले नियन्त्रणमा लिएको छ । फोन नियन्त्रणमा लिनुलाई निकै गम्भीर रुपमा लिइएको छ । उनीहरुले लागूऔषधको प्रयोग गर्ने गरेको विषयबारे फोनमार्फत् छानविन गर्ने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!