सुशान्त सिंह राजपुतको मुद्दामा लागुऔषधको विषय जोडिएपछि लागूऔषध नियन्त्रण ब्युरोले बलिउडकर्मीले लागुऔषधको प्रयोग गरेको पत्ता लगाउन खोजिरेहेको छ । रिया चक्रवर्तीसमेत ६ जनालाई न्यायिक हिरासतमा लिएपछि एनसीबीले दिपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान र रकुल प्रीत सिंहसँग सोधपुछ गरिसकेको छ ।

एनसीबीले गरेको सोधपुछको क्रममा सारा अलि खानले लागुऔषध लिएको अस्विकार गरेकी छिन् । श्रद्धा कपुरले जस्तै साराले पनि आफुलाई ड्रग विवादबाट टाढा राख्न कोशिश गरेकी छिन् । उनले एनसीबीलाई बताएअनुसार २०१८ मा फिल्म केदारनाथको सुर्टिङको क्रममा सुशान्तसँग नजिक भएकी थिइन् । उक्त समयमा धुम्रपान गरेपनि उनको केप्री हाउसमा बस्न गएको भने अस्विकार गरिन् ।

थाइल्यान्डको आयरल्यान्डमा भएको पार्टीमा सुशान्तले ड्रग्स लिए पनि साराले भने एनसीबी समक्ष सुशान्त पार्टीमा गएपनि ड्रग्स नलिएको बताएकी थिइन् । साराले सिगरेट पिएपनि ड्रग्स भने कहिल्यै नलिएको बताइन् । ड्रग्सको बारेमा धेरै तरिकाले प्रश्न गरेपनि एनसीबीलाई साराले कहिल्यै पनि ड्रग्स नगरेकोमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!