बिहिबार, आश्विन ०८, २०७७

बलिउड नायिका करीना कपुरको पारिवारिक पृष्ठभुमी नै फिल्मी हो । उनका हजुरबाबु, बाबु, दिदी समेत बलिउडमा खुबै छाए । करीना पनि फिल्मी नगरिकी सुन्दर परी हुन् । उनका बारेमा केही तथ्य यहाँ दिइएको छ ।

करीना कपुरको सेप्टेम्बर महिनामा जन्म भएको हो ।
करीनाले गर्भवती हुँदा अन्ना करेनीना नामक किताब पढेकी थिइन्
कपुर खानदानबाट भएको कारण पनि करीना अभिनय प्रति स्वाभाविक रुपमा रुचि थियो । यसकारण उनले आफ्नो पढाई अधुरो छाडेर फिल्ममा लागेकी थिइन् ।
करीनाले सबैभन्दा पहिला राकेश रोशनको फिल्म ‘कहो न प्यार है’ मा साइन गरेकी थिइन् । केही दिनको सुर्टिङ पछि करीना फिल्मबाट अलग भएकी हुन् ।
करीनाको पहिलो फिल्म रिफ्युजी हो । जसलाई जेपी दत्ताले निर्देशन गरेका थिए । यो फिल्म अभिषेक बच्चनको पनि पहिलो फिल्म हो ।
करीना बलिउडको टप स्टार्समा सधै फेवरेट रहिन् र सबैको साथमा काम गर्न सधै तयार भइन् ।
करीना एक समयमा खान त्रिमुर्ति(शाहरुख,अमिर,सलमान)सँग काम गरेकी थिइन् ।
करीना र शाहिद कपुरको रोमान्स लामो समयसम्म चलेको थियो । शाहिदले करीना शाकाहारी बनेको सम्म बताएका थिए ।
टशनको सुर्टिङको क्रममा सैफ र करीना नजिक भएका थिए । पछि करिनाले सैफसँग विवाह गरेकी हुन्
करिनाले अहिलेसम्म ६ वटा फिल्म फेअर अर्वाड जितेकी छिन् । उनलाई एक्शन फिल्म मन पर्दैन करीनालाई प्रेम कहानीमा आधारित फिल्म गर्न मन लाग्छ ।
शाहरुख खानबाट करीना निकै प्रभावित छिन् । एकपटक उनले आफ्नो पति शाहरुख खानमा भएको जस्तो गुण हुनुपर्ने पनि बताएकी थिइन् ।
अमृता अरोरा खान, मलाइका अरोरा खान र करीना कपुर धेरै नजिकका साथी हुन् ।
करीना लाई विवाह गर्नु अगाडी खान सरनेम मन प¥थ्र्याे । त्यसैले विवाह पश्चात पनि करीना कपुर खान राख्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया