अक्टोबर र नोभेम्बर महिनामा हुन गइरेको भारतको विहार विधानसभा चुनाव नजिकिदे गर्दा एउटा घटना राजनीतिक एजेन्डा बनेको छ । बलिउड नायक सुशान्त कुमार राजपूतको आत्महत्या प्रकरण । यसले विहारको राजनीति समेत तात्तिएको छ । कारण हो सुशान्त विहारको बासिन्दा हुनु ।

सुशान्तको निधनले विहारी जनता स्तब्ध भएका छन् । उनीहरु बलिउडमा विहारका युवकको दमदार कलाकारिता हेर्न थालिसकेका थिए । कुनैबेला शत्रुघन सिन्हा बलिउडमा छाएका थिए । त्यसपछि उनकी छोरी सोनाक्षी छाइरहेकी छिन् । तर, कुनैपनि विहारी नायक त्यसपछि छाउन सकेका थिएनन् । सुशान्त सिंहबाट धेरै आशा गरिएको छ । त्यसकारण पनि सुशान्तको आत्महत्याले विहारका जनतालाई स्तब्ध पारेको छ । यो घटनामा सीआइबीलगायतको निकायको कारबाही विहारका जनताले गम्भीरताका साथ लिइरहेका छन् । मुख्यमन्त्री नितिश कुमारले पनि चासोका साथ लिएका छन् ।

सुशान्त आत्महत्या प्रकरणले विहारको विधानसभा राजनीतिमा प्रभाव पार्ने निश्चितप्रायः छ । यसले जेएनयुका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको विषयलाई पनि ओझेलमा पारिदिएको छ । यसअघि २०१९ को भारतको लोकसभा चुनावमा कन्हैया कुमारको विषय चर्चामा थियो । बेगुसेराईबाट उनले चुनाव लड्ना हारेपनि राम्रो मत ल्याएका थिए ।

यसपटक कन्हैयाको क्रेज घटिसकेको छ । भारतीय कम्युनिस्ट पार्टीको राष्ट्रिय कार्यकारी परिषद्मा समेत रहेका कन्हैयाले सेन्टिमेन्ट मत समेत ल्याएका थिए । अब विधानसभा चुनाव आइपुग्दा उनको क्रेज घटिसकेको छ । कन्हैयामाथिको देशद्रोहको मुद्दाले धेरै विहारी जनतालाई चिढ्याएको थियो । त्यसकारण पनि उनले मत ल्याएका थिए ।

यसपटक घटना मोडिएको छ । यसपटक विहार चुनावमा सेन्टिमेन्ट मत सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा घटनाको छाविनका लागि सक्रियता देखाउनेहरु जाने आँकलन गरेको छ । त्यसैले विहारका मुख्यमन्त्री नितिश कुमार र भारतीय जनता पार्टी सुशान्तको आत्महत्या प्रकरणमा दोषी भनिएका हरुमागिथ कारबाही हुनुपर्ने पक्षमा छन् । कतिपयले यसलाई सुशान्तको नाममा राजनीति गर्न खोजेको रुपमा बुझ्न थालेका छ ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!