बुधबार, आश्विन ०७, २०७७ || 1369  पटक पढिएको

बलिउड अभिनेता आयुष्मान खुराना आफ्नो फिल्ममा लगातार खास पहिचान बनाएका छन् । भारतमा केही प्रतिष्ठित पुरस्कार पाएपछि विश्वभरमा नै उनले किर्तिमान स्थापित गरेका छन् । वास्तवमा आयुष्मान खुरानाको नाम प्रतिष्ठित म्यागजिन टाइमको एक सय प्रभावशाली सुचीमा राखिएको छ । आयुष्मान मात्र भारतीय कलाकार हुन्, जसको नाम यस सुचीमा रहेको छ ।

आयुष्मान खुरानको साथै भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नाम सुचीमा राखिएको छ । मोदीको नाम नेताको श्रेणीमा राखिएको छ । आयुष्मान खुराना आफैले इन्टाग्रामको अकाउन्टमा यसको जानकारी दिदै एक इन्फोब्यानर सेयर गरेका हुन् । उनको नाम प्रकाशित भएको देखेर फ्यान र साथीहरुले बधाई दिइरहेका छन् ।

टाइम म्यागेजिनमा आयुष्मान खुरानालाई दिपिका पादुकोणले एक नोट लेखेकी छिन्, ‘मलाई आयुष्मानको डेब्यु फिल्म ‘विक्की डोनर’बाट याद छ । पुरुषहरुको चरित्र प्रायः पुरुषत्वको निधारित सिमाभित्र बाधिएको हुन्छ, आयुष्मानले यी सबै परम्परा तोडेर नयाँ चरित्र सिर्जना गरे । ’

टाइमको आधिकारीक वेबसाइटमा दिपिका पादुकोणले अगाडी लेखेकी छिन्, ‘१.३ अर्ब भन्दा धेरै जनसख्या मध्ये केही व्यक्तिले मात्र सपना जीवित देख्छ र आयुष्मान खुराना पनि ती मध्ये एक हो ।’ यो समयमा १०० सुचीमा आयुष्मान खुरानाको नाम समावेश हुनु पनि बलिउडको लागि विशेष रेकर्ड हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!