दैलेख,

दैलेखको कुसापानीमा शुटिङ गर्न गएका टोलिलाइ घरबेटिले रितिथिती अनुसार साच्चैको दान दिएर पठाएका छन । यो प्रसङ्ग हो तिहार गितको म्युजिक भिडियोको । तिहार नजिकिदै गर्दा केशब अधिकारिको तिहार देउसी भैलो गित सार्बजनिक भएको छ । दैलेखको निकै रमणिय ठाउँ कुसापानीमा शुटिङ सम्पन्न भएको थियो । उक्त गितमा केशब अधिकारी र निरिशा तामाङको मौलिक झल्काउने सुमधुर स्वर रहेको छ भने केशबकै लय तथा शब्द संकलन रहेको छ काठमाडौको गङबु स्थित पुनम रेकर्डिङ स्टुडियोमा गित रेकर्ड भएको थियो र गितका एरेन्जर महेश बिक्रम पाण्डे हुन । महेश बिक्रम पाण्डेकै निर्दशन तथा सम्पादन रहेको गितको भिडियोको छायांकन भने मानबाहदुर वलिको रहेको छ । भिडियोमा गायक केशब अधिकारी र सृष्टि सुनारको अभिनय रहेको छ भने अन्य साथिहरुको नि नृत्य हेर्न सकिन्छ । यो गित निर्माण हुनु देखि भिडियो बन्दा सम्म धेरै साथिभाइहरुको साथ सहयोग पाएको गायक केशब अधिकारीको भनाइ छ । गितलाइ एकदमै रोचक तथा रमाइलो बनाइएको छ । गितको लम्बाइ लगभग २० मिनेटको भएपनी रमाइको दृश्यका कारण हेर्दा हेर्दा सकिने दर्शकहरुको भनाइ छ । आफ्नै ठाउमा गएर आफ्नो गाउका गाउलेहरुले शुटिङ सहज बनाउन आफ्नो तर्फ बाट विशेष भुमिका निर्बाह गर्नु भएको थियो । उक्त गितको भिडियोले अहिले युटुबमा राम्रै दर्शक पाइरहेको र सत प्रतिशत राम्रो प्रतिकृया आएको देख्न सकिन्छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!