सोमबार, आश्विन ०५, २०७७ || 1402  पटक पढिएको

यी महिलाहरुमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरू ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् ।

कन्या राशि: आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने महिलाहरुको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् ।यी महिलाहरुले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक९एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् ।

मीन राशि: यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका महिलाहरु आफ्नो हिसाबले काम गर्छन् ।यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखिनै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका महिलाहरु एक महान बुद्धिको स्वामी हुने गर्छन् ।

सिंह राशि: चलाखको राजा सिंह राशि भएका महिलाहरुलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ । हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् ।यस राशिका महिलाहरुले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन। यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् तर यिनीहरूले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् ।

हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ ।चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक महिलामा आ आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन(कुन राशि भएका महिला अधिक चलाक र बुद्धिमान हुन्छन् ?

ज्योतिषशास्त्रका अनुसार, आज यहाँ ती राशिहरूको बारेमा चर्चा गरिएको छ, जो सबैभन्दा बढी बुद्धिमान महिलाको श्रेणीमा पर्दछन् ।तुला राशि:हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका महिलाहरु आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन्।यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन ।

तुला राशि: भएका महिलाह्ररुसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका महिलाले हरेक किसिमले समाधान निकालेर नै छोड्छन्। यस राशिका महिलाहरु एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् ।

कुम्भ राशि: कुम्भ राशिका महिलाहरु सबैभन्दा बढी समझदार हुन्छन् किनकी यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका महिलाहरु सबैभन्दा अलग सोचका हुन्छन् ।यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका महिलाहरु आफ्नो कुशलतालाई देखाउन कहिलै पछि हट्दैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!