बिहिबार, माघ ०२, २०७६ || 1216  पटक पढिएको

हिपमतडटकम
भोजपुर, माघ ०१ गते : भोजपुरको राम प्रसाद राई गाउँपालिका-१ ओख्रेमा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राखी अस्थयी प्रहरी पोष्टको स्थापना गरिएको छ । नयाँ स्थापना भएको अस्थायी पोष्ट ओख्रे भोजपुरको प्रतिनिधी सभा सदस्य माननीय सुधन किरातीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा राम प्रसाद राई गाउँपालिका उपाध्यक्ष सम्झना राई, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा , जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगर, स्थानिय बुद्धिजिवी, भद्र भलादमी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । नेपाली लोक दोहोरी गीत संगीतको बजार जति फराकिलो बन्दैँ गएको छ । काठेभाकामा आएका नव सिर्जनाको महत्व दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ । मौलिक लोक सम्भयतालाई आम दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा सजिएको ”हितको माया”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
मायालु मन भित्रका जोडीका भावनालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको मायामा फसेको र मायालुलाई भेटन मनमा निकै आनन्द भएको कुरा गीतमा गरिएको छ । राजु विरहीको शब्द तथा संगीत गीतमा रहेको छ । ”हितको माया”गीतमा जिवनका सुखद क्षणलाई समेटिएको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ”हितको माया”गीतको भिडियोमा राजु विरही र रिना थापाको अभिनय रहेको छ ।
”हितको माया”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!