बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । निर्देशकले भने आफुमाथि लगाएको आरोप निराधार र गलत भएको बताउदै आएका छन् । अभिनेत्री घोषले मिडियामा नै अनुराग कश्यपमाथि आरोप लगाएर सबै कुरा भनेकी थिइन् । घोषले अनु्राग नाङ्गै आएर जबरजस्ती गर्ने कोशिश गरेको आरोप लगाएकी थिइन् ।

पायलले एक अन्र्तवार्तामा २०१४ मा अनुरागले जबरजस्ती गरेको बताएकी थिइन् । निर्देशकसँग उनकै कार्यालयमा पहिलो पटक भेटेको पनि बताएकी थिइन् । अनुरागमाथि पायलले बारम्बार फोन गरेर बोलाएको, सामान्य कपडा लगाएर आउन लगाएको, सँगै खाना खाएको र उनको बारेमा सबैकुरा सोधेको समेत आरोप लगाएकी छिन् ।

अनुराग कश्यपले एकदिन पायललाई घरमा बोलाएका थिए । पायल घरमा जाँदा धुम्रपान गरेर बसेका अनुरागले उनको पुरानी श्रीमती कल्कीको जुत्ता देखाएका थिए । केटीहरुले रणबीर कपुरसँग फिल्ममा खेल्न आफुसँग केटीहरु सुत्नको लागि तयार भएको समेत बताएको आरोप पायलले अनुरागलाई लगाएकी छिन् ।

पायलले पटक पटक यसबारेमा बोल्न खोजेपनि घर परिवार र साथीहरुले भविष्यमा यस्ता समस्याबाट बच्नको लागि आफुलाई चुप रहन लगाएको खुलासा गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!