सोमबार, आश्विन ०५, २०७७ || 628  पटक पढिएको

आजदेखि आन्तरिक उडान शुरु भएको छ । आज बिहान काठमाडौं विमानस्थलबाट झण्डै ६ महिनापछि पहिलो आन्तरिक उडान भोजपुरको लागि भएको थियो । सोमबार बिहान पौने आठ बजे १६ जना यात्रु लिएर नेपाल वायुसेवाको ट्विनअटर जहाज भोजपुर गएको हो ।

चैतमा लकडाउन शुरु हुनुअघिको फ्लाइटको आधारमा अबका केही दिन २५ प्रतिशतको दरले उडान शुरु हुनेछ । आज आन्तरिक उडानका लागि मुलुकका विभिन्न विमानस्थलबाट हुने ५३ देखि ५५ वटा सेड्युललाई स्वीकृति दिइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

सुर्खेत र नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्लामा हुने चार्टर उडान पनि यसमा समावेश छ । चैत अघिसम्म र प्रमुख सिजनमा ३ सय ७५ आन्तरिक उडान हुन्थे भने अफ सिजनमा २ सय ८० बाट कम हुँदैनथ्यो । स्रोतका अनुसार अक्टोबर शुरुदेखि बाह्य तथा आन्तरिक दुबै उडान र आउजाउ बढ्ने अनुमान छ ।

यसअघिका केही वर्षको तथ्यांक केलाउँदा वार्षिक ४० लाख यात्रुले आन्तरिक उडानको प्रयोग गरेका थिए भने ३० लाखभन्दा बढी बाह्य उडानमा आए गए । बन्दाबन्दी र निषेधाज्ञा हटाउँदै लगेपछि हालैका केही दिनमा अन्तर्राष्ट्रिय उडान संख्या पनि बढेको छ ।

अहिले दैनिक २० वटासम्म उडान हुन थालेको बताइएको छ । भारतसँगको उडान शुरु भएको छैन । भारतले दशवटा देशलाई ताकेर उडान सञ्चालनको लागि अनुरोध गरे पनि नेपाल सरकारले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!